उसुमा आर्मीले १० स्वर्ण सहित १९ पदक जित्यो

उसुमा आर्मीले १० स्वर्ण सहित १९ पदक जित्यो

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सुनसरी, पुस १२ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको उसु खेलमा त्रिभुवन आर्मी क्लबले १० स्वर्ण सहित १९ पदक हात पारेको छ ।

सुनसरीको धरानस्थित अमर सेवा समाजको कबर्डहलमा आज सम्पन्न फाइनलमा आर्मीले १० स्वर्णपदकसहित ४ ओटा रजत र ५ ओटा कास्यपदक हात पारेको हो ।

आर्मीका तर्फबाट उसुको ‘थावलु’तर्फ विजय थापा सिन्जाली, हरिप्रसाद गोले, सविता राई, ओशिन राई, नीमा घर्तीमगरले स्वर्णपदक जिते ।

त्यस्तै, उसुको ‘सान्सौं’तर्फ आर्मीकै चित्रसिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ती श्रेष्ठ र बिन्दू पुनले स्वर्णपदक हात पारेका छन् ।

अर्को विभागीय टोली सशस्त्र प्रहरीले ६ ओटा स्वर्णपदकसहित ३ रजत र ४ कास्यपदक जितेको छ ।

सशस्त्रका तर्फबाट उसुको ‘थावलु’तर्फ सुस्मिता तामाङ र ‘सान्सौं’तर्फ अशोक खालिङ, अमर सुनार, मंगल प्रसाद थारु, सन्जीव महर्जन, तेज बहादुर पल्लीले स्वर्णपदक जितेका छन् ।

नेपाल पुलिस क्लबका तर्फबाट प्रेमचन्द्रसिंह दर्लामी र जुनी राईले उसुको ‘सान्सौं’ तर्फबाट स्वर्णपदक हात पारे ।
मध्यमाञ्चल विकास क्षेत्रले उसुमा ३ ओटा स्वर्ण जितेको छ । घरेलु मैदानमा आयोजना गरिएको सातौं राष्ट्रिय खेलकुदको उसुतर्फ पूर्वाञ्चल स्वर्णपदकविहीन भएको छ ।

मध्यपश्चिमाञ्चललाई उसुको ‘थावलु’तर्फ एउटा स्वर्णपदक प्राप्त भएको छ । सुदूरपश्चिमाञ्चलबाट सान्सौंतर्फ एलिना चौधरीले स्वर्णपदक जित्न सफल भएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी