एथ्लेटिक्समा आर्मीले जित्यो थप ५ स्वर्ण

एथ्लेटिक्समा आर्मीले जित्यो थप ५ स्वर्ण

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सुनसरी, पुस १२ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत एलेटिक्सतर्फ आज पनि आर्मिको वर्चस्व कायम रहेको छ ।

सुनसरीको इटहरी रंगशालामा आज बिहान भएको पुरुष ४०० मिटर हर्डल्स रेसमा आर्मीका रामप्रसाद थारुले स्वर्णपदक जिते । यस्तै रजतपदक पनि आर्मीकै विशेष महतोले हात पारे ।

मध्यपश्चिमका रमजान अलसल्मानीले कास्यपदकमा चित्त बुझाए ।

यस्तै , आजै भएको पुरुष १० हजार मिटर दौडमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले स्वर्णपदक जितेका छन् । आर्मीका कृष्ण बस्नेतले रजतपदक जित्दा आर्मीकै हरिकुमार रिमालले कास्यपदक हात पारेका छन् ।

पुरुष ४०० मिटर दौडतर्फ आर्मीका खेमबहादुर कुमालले स्वर्णपदक जितेका छन् । यो स्पर्धामा आर्मीकै हिमाल केसीले रजत तथा सशस्त्र प्रहरीका शिवराम पार्कीले कास्यपदक जितेका छन् ।

यसैगरी, महिला ४०० मिटर दौडमा आर्मीकी संगीता मेचेले स्वर्णपदक जितिन् भने आर्मीकै कृष्णा चौधरीले रजत तथा सशस्त्र प्रहरीकी भगरिथीकुमारी थारुले कास्यपदक जितेकी छन् ।

यसैगरी, पुरुष ४ गुणा सय मिटर रिलेदौडमा आर्मी क्लबले स्वर्णपदक जितेको छ । यो स्पर्धाको महिलातर्फ पनि आर्मीले नै स्वर्णपदक जितेको छ ।

यसैगरी, महिला १० हजार मिटर दौडतर्फ सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले स्वर्णपदक जितिन् ।

यसैगरी, आर्मीकी विश्वरुपा बुढाले रजतपदक जित्दा आर्मीकै लक्ष्मी पाण्डेले कास्यपदक हात पारेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी