शुक्रबार रिलिज हुने फिल्म चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

शुक्रबार रिलिज हुने फिल्म चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि.  सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलचित्र हेर्न पाउने छन्  ।
फिल्ममा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा तथा सुजु मगरले अभिनय गरेका छन् ।
दिप फिल्म प्रोडक्सनको सो फिल्मका गीतहरुमा दयाराम पाण्डेका शब्दहरु सुन्न सकिन्छ भने  तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।  चलचित्रलाई रन्जिन राना मगरले निर्देशन गरेका छन् । जनक गुरुङको एक्सन रहेको सो फिल्म शुक्रबार अर्थात पुस १५ गते अल नेपाल रिलिज हुने भएको फिल्मका निर्माता पिएल श्रेष्ठले जानकारी दिए ।
फिल्म श्रावण २२ गते नै रिलिजको तयारी गरिए पनि लामो समय चलचित्र बिकास बोर्डबाट सेन्सर पास नभएकाले  प्रदर्शनीमा ढिलाई भएको बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी