काठमाडौं, पुस १२ ।
७२ बर्षमा निधन भएका नेपाल भाषाका कवि तथा नेपाः राष्ट्रिय पार्टीका पूर्वसभासद बुद्ध सायमिको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिअघि सायमीको शव श्रद्धाञ्जलिका लागि नयाँसडकस्थित भूगोलपार्कमा राखिएको थियो ।
आर्यघाटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीलगायतले सायमिप्रति अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।
मधुमेह, मिर्गौला तथा कलेजो रोगबाट संक्रमित ७२ वर्षीय सायमिको उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको हो ।
२०६४ सालको संविधानसभामा नेपाः पार्टीबाट सभासद भएका सायमिका नेपाल भाषामा लेखिएका दुई कवितासंग्रहसहित थुप्रै कृति प्रकाशित छन् । २०२० सालदेखि कविता लेख्न सुरु गरेका सायमिका पत्नी तथा एक छोरा र एक छोरी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline