धादिङ ,पुस १२ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ठ पक्षको माग संबोधन गरि पुरानै संरचनाअनुसार निर्वाचन गराउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मधेश केन्द्रित दलको माग सम्बोधनका लागी संसोधन प्रस्ताव ल्उयाईएकोले त्यसलाई पारित गरी निर्वाचनमा जानुपर्ने बताउनु भयो ।
संविधानप्रति असन्तुष्टि जनाउदै आएका मधेसी दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र अपनत्वका दिलाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको उहाको भनाई छ ।
स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको सङ्ख्यामा सबै सहभागी हुने अवस्था नरहेको र प्रदेश नं २ मा छलफल नै हुन नसकेकाले पुरान्ै संरचना अनुरुप निर्वाचनमा जानुपर्ने प्रस्ताव काग्रेसले राखेको बताउनु भयो ।
भौतिक संरचना निर्माणमा भएको खर्च र लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेकोले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने पौडेलले बताउनु भयो । अधिकारको बाँडफाँट गरी स्थानीय तहअन्तर्गत जिल्लाको स्थान सुरक्षित रहनुपर्ने उहाको भनाईछ ।