काठमाडौं, पुस १२ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरोकारवालाहरुको सुझावका आधारमा मधेसी आयोग गठनको ब्यवस्थालाई अन्तिम रुप दिइने बताउनु भएको छ ।
संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले आज राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आयोग गठनले मधेसी समूदायका समस्या समाधानमा सहयोग पुग्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।
मधेसी आयोगको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ बारे आज सम्वन्धित क्षेत्रका विज्ञ, सांसद र कानून व्यवसायीहरुबीच छलफल भएको थियो ।
कार्यक्रममा समितिका सभापति सुशीलकुमार श्रष्ठले पीछडिएका वर्ग, महिला र मधेसीको भावना अनुसार काम गर्न आयोग सफल हुने आशा गरिएको बताउनु भयो ।
यस्तै अधिवक्ता दिपेन्द झा, सतिश झा लगायतले मधेसी आयोगको सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकबारे सुझाव राख्नुभएको थियो ।