एमाले यथास्थिति र पश्चगमनको बाटोमा लाग्यो : राई

एमाले यथास्थिति र पश्चगमनको बाटोमा लाग्यो : राई

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

खोटाङ, पुस १२ ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एमालेले यथास्थिति र पश्चगमनको बाटोमा लागेर संसद अवरुद्ध गरिरहेको आरोप लगाउनु भएके छ ।

खोटाङ सदरमुकाम दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र भएके पनि टिप्पणी गर्नुभयो ।

एमालेभित्रै अग्रगमनको पक्षमा रहेका नेताहरुले संशोधन प्रक्रियामा एमाले विरुद्धमा मतदान गर्ने भएकाले पनि संशोधन प्रक्रिया बढाउन नदिएको राईले तर्क गर्नुभयो ।

नेता राईले पहिचान, आदिवासी जनजाति, मधेसी, दलित लगायतका अधिकारलाई सुनिश्चित गर्ने र असन्तुष्ठ पक्षको माग संबोधन गर्ने आश्वासन दिएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु नेतृत्वमा पुगेपछि पूरा गर्न नसकेको बताउनु भयो ।

संविधान संशोधन जनताका लागि चाहिएकाले कसैलाई पनि बेफाइदा नहुने भन्दै उहाले संशोधन हुन सक्दैन भन्ने अभिव्यक्ति यथास्थिति र पश्चगमनको भाषा भएके बताउनु भयो ।
अर्को प्रशंगमा उहाले अहिलेको नयाँ संरचनाका आधारमा नै चुनाव हुने पनि दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ