सनुसरी, पुस १२।
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषको चार सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । उनले निर्धा्रित दूरी ४९ दशमलव ६८ सेकेण्डमा पूरा गरे ।
यस्तै ५१ दशमलव ६८ सकेण्डमा दौड पूरा गरेका आर्मीकै हिमाल केसीले रजत पदक जिते भने ५२ दशमलव ५३ सकेण्डमा दौड पूरा गरेका एपिएफका युवराज पार्कीले काश्य पदक हात पारे ।
यस्तै महिला चार सय मिटरमा आर्मीकी संगीता मेचेले १ मिनेट ०२ दशमलव ६० सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक हात पारेकी छिन् ।
१ मिनेट ०४ दशमलव ६० सेकेण्डमा दौड पूरा गरेकी आर्मीकै कृष्णा चौधरीले रजत जितेकी छिन् । सशस्त्रकी भागीरथी कुमारी थारुले १ मिनेट ०५ दशमलव ३० सेकेण्डमा दौड पूरा गर्दै काश्य पदक हात पारेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline