काठमाडौ १२ पौष ।
स्थानीय तह पुनरसंरचना सम्बन्धी प्रतिवेदनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज पुनरसंरचना आयोगका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।
स्थानीय तह निर्धारण सम्बन्धमा आयोगले प्रतिवेदन तयार गरेपनि प्रधानमन्त्री दाहालले बुझ्न अस्वीकार गरेको भन्ने समाचार आइरहेका बेला आज पदाधिकारीसँग छलफल हुन लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा बिहान साढे १० बजे हुने छलफलमा स्थानीय तहसम्बन्धी प्रतिवेदनमा कुराकानी हुने आयोगका अध्यक्ष बालानन्द पौड्यालले जानकारी दिनुभयो ।
प्रतिवेदन भने आज नबुझाइने पौड्षलले बताउनु भएको छ । यसअघि आयोगले आफ्नो प्रतिवेदन तयार परिसकदा पनि प्रधानमन्त्रीले बुझ्न नमान्नु भएको समाचार सार्वजनिक भएको थियो ।
प्रतिवेदनबारे आज प्रधानमन्त्रीसँग छलफल गरी केहीदिन भित्र सरकारलाई बुझाउने आयोगको तयारी छ । आयोगले ७ सय बढीको संख्यमा स्थानीय तहको पुनरसंरचना गरी प्रतिवेदन बुझाएको छ ।