त्रिविको ४२औँ दीक्षान्त समारोह आगामी पुस १४ गते

त्रिविको ४२औँ दीक्षान्त समारोह आगामी पुस १४ गते

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ १२ पौष ।  

त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोह आगामी पौष १४ गते हुने भएको छ । त्रिवि इञ्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह हुने विश्वविद्यालयले जनाएको छ ।

त्रिवि परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार यसपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य भएका छन् । यसपटक ८३ हजार ४ सय २५ जना विद्यार्थी दीक्षित हुन योग्य भएको जनाइएको छ ।

दीक्षित हुन योग्य भएकामध्ये दीक्षान्त समारोहमा सहभागी हुनका लागि नौ हजार ७ सय ३४ जनाले आवेदन भरेको जानकारी परीक्षा नियन्त्रक बास्तोलाले दिनुभयो ।

यसपटक विभिन्न तहको परीक्षा छिटो सञ्चालन गरी नतिजाको प्रकाशन र ट्रान्सकिपसमेत वितरण गरिएका कारण धेरै विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन योग्य भएको जानकारी दिइएको छ ।

विद्यार्थीलाई पुल्चोक क्याम्पसको खेलमैदानस्थित प्रमाणपत्र काउन्टरबाट प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । दीक्षान्तमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई पनिका बल्खुबाटै वितरण गरिनेछ ।

दीक्षान्तमा विभिन्न तहमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीलाई पदक तथा प्रमाणपत्र वितरण गर्ने गरिन्छ । दीक्षान्त समारोह सफल बनाउन आवश्यक सबै तयारी भइरहेको जानकारी परीक्षा नियन्त्रक बास्तोलाले दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी