नारायणगढ-मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा एकको मृत्यु ,२६ जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा एकको मृत्यु ,२६ जना घाइते

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चितवन, पुस १२ ।
चितवनको मुग्लिन नजिकै रात्रिबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा २६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिराह लक्ष्मीपुरका धर्मराज मण्डल रहेका छन् ।

काठमाडौंबाट सर्लाहीको मलंगवाका लागि छुटेको ना ४ ख ५४४२ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्याङ गाविसको कालिखोलामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति पौने १ बजेतिर बस दुर्घटनामा परेको हो । घाइतेलाई भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ