सशस्त्रका महर्जनको ह्याट्रिक, टेबलटेनिसमा दीप र नविताको जोडीलाई स्वर्ण

सशस्त्रका महर्जनको ह्याट्रिक, टेबलटेनिसमा दीप र नविताको जोडीलाई स्वर्ण

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, पुस ११ ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्णपदक जित्दै सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले ह्याट्रिक गरेका छन्

विराटनगरस्थित सहिद रंगशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराँतेतर्फ ६७ केजी तौलमा स्वर्ण हात जित्दै ह्याट्रिक पुरा गरे । मुकुन्द्रले पाँचौ र छैटौंमा पनि स्वर्णपदक जित्न सफल भएका थिए ।

सुदूरपश्चिमका मो.शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्यपदक पाएका छन् ।

यस्तै, पुरुषको ८४ केजीमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तीमगरलाई पराजित गर्दै स्वर्णपदक जिते । तेस्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङ रहे ।

महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् ।

मध्यमाञ्चलकी रोजिता रन्जित र पुलिसकी मनिता मोक्तानले कास्यपदक पाए ।

उता , विराटनगरमा भएको टेबलटेनिसतर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले स्वर्णपदक कब्जा गरे ।
आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै उनीहरुले स्वर्ण जितेका हुन् ।

सशस्त्र प्रहरीका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी