नेपालले भुटान विरुद्ध गर्यो गोलको वर्षा , सावित्रा एक्लैले गरिन ६ गोल

नेपालले भुटान विरुद्ध गर्यो गोलको वर्षा , सावित्रा एक्लैले गरिन ६ गोल

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, पुस ११। भारतमा शुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्दी भुटान विरुद्ध ८–० गोलको अन्तरको जीत निकालेको छ ।
भुटान विरुद्ध गोल मेसिनकी रुपमा देखिएकी सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । त्यस पछि शर्मिला थापा र कृष्णा खत्रीले एक एक गोल गरेका थिए । ५ मिनेटमा पहिलो गोल गरेकी सावित्राले अन्तिम गोल ७७ मिनेटमा गरे पछि ८२ मिनेटमा सब्सटिच्युट गरिएको थियो ।

भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा सुरु भएको खेलमा नेपालले पहिलो हाफुमा नै ५ ० को अग्रता कायम गरेको थियो भने बाकी ३ गोल दोस्रो हाफ्मा गरेको थियो । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग पनि प्रतिस्पर्धा गर्ने छ । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ । फिफा बरियतामा नेपालभदा २६ स्थान माथि रहेको मलेसियालाई १–० ले हराएको नेपाली टोलीको मनोबल उच्च रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी