खो–खो खेल सकियो , महिला पुरुष दुबैमा सेनाले जित्यो स्वर्ण

खो–खो खेल सकियो , महिला पुरुष दुबैमा सेनाले जित्यो स्वर्ण

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

इनरुवा, पुस ११ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् खो–खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्णपदक जितेको छ ।

सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न सम्पन्न भएको खो–खो खेलमा सेनाले महिला तथा पुरुष दुबै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्णपदक हात पारेको हो ।

पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो । सेनाले एकपालि बाँकी छँदै मध्यमाञ्चललाई ६ काविरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो ।

मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा कास्यपदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको छ ।

त्यसैगरी, आजै सम्पन्न महिलातर्फको खो–खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजतपदक प्राप्त गरेको छ । महिला खो–खोको कास्यपदक भने सुदूरपश्चिमाञ्चलले जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी