भक्तपुर, पुस ११ ।
संसदको जारी गतिरोध हल गर्ने बिषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज छलफल भएको छ ।
भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।
भेटपछि कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफलकेन्द्रित भएको बताउनु भयो ।
यस्तै उहालहरुबीच संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline