प्रचण्ड बाबुराम कुईएका सुन्तला हुन् : डा. सुरेन्द्र केसी

प्रचण्ड बाबुराम कुईएका सुन्तला हुन् : डा. सुरेन्द्र केसी

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 26.8K
    SHARES

काठमाण्डौ ,११ पुस ।

ईतिहासविद् डा. सुरेन्द्र केसीले प्रचण्ड र बाबुराम बोटबाट भुईमा झरेर कुईएको सुन्तला जस्तै औचित्यहिन बनेको टिप्पणी गर्नुभएको छ ।

आज राजधानीको पज्ञा भवनमा विप्लव माओवादीको अन्तराष्ट्रिय विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा केसीले समाजबाद र साम्यवादका लागी नेपाली माटोमा क्रमन्ति थाल्नु सरहानीय भएपनि त्यसको उपलब्धीलाई बेचेर खाएको जिकिर गर्नुभयो ।

उहाले क्रान्ति थालेपछि भारतीय भूमिमा भएका उठबस , शान्तिप्रक्रियासँगै सत्तामा आएपछि भारत सँग गरिएका राष्ट्रिघाती सन्धि सम्झौता , चीनलाई गरिएको उपेक्षा जस्ता कारणले पनि प्रचण्ड कम्युनिष्ट र राष्ट्रिवादी चरित्रबाट बाहिरिएको बताउनु भयो । अहिले प्रचण्डले राष्ट्रियताको मुखुन्डो मात्रै लगाएर जनतालाई फेरी झुक्याउन खोजेको उहाको आरोप छ ।

डा. केसीले विगतमा बाबुरामसँग भेट हुदा आफुले कम्युनिष्ट आन्दोलन सम्बन्धी लेखेका पुस्तकलाई सन्दर्भ सामग्रिको रुपमा प्रयोग गर्ने गरेको उल्लेख गर्दै अहिले बाबुराम कम्युनिष्ट विचारधाराबाट नै पतन भईसकेको चर्चा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ