सिन्धुली ,पुष ११ ।
सिन्धुलीको सडकमा गुड्ने सवारीका साधनबाट यात्रु तथा चालकदलका सदस्यले सडकमा फोहोर मैला फ्यालेमा जरिवाना सहित जेल सझाएसम्मको कानुन बनेपनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ ।
बर्दिबास, सिन्धुली र धुलिखेल सडक खण्डमा चल्ने अधिकांश सवारीका साधनबाटै सडकमा फोहोर फ्याक्ने गरेका छन् । यस तर्फ सावरी चालक तथा ऐनको कार्यान्वयनमा कडाई गर्ने प्रहरीको समेत ध्यान जान सकेको छैन ।
जथाभावी प्लाष्टीकजन्य फोहोरका कारण सफा र सुन्दर देखिने काठमाडौँ सिन्धुली अन्तर्गतको वि.पी. राजमार्ग कुरुप बन्दै गएको छ ।
हिमाल तराईलाई छोटो दुरीले जोडने यो सडकमा यात्रुहरुले जथाभावी रुपमा प्लाष्टिकजन्य फोहोर प्लाष्टिकमा वान्ता गरी फालिदिँदा पर्यटकिय सडक दुर्गन्धीत भएको छ । जापान सरकारको सहयोगमा निर्मित दक्षिण एशियाकै नमुना सडकको रुपमा रहेको वी.पी. राजमार्ग रडकमा यसरी फोहोर थुप्रदै जानु दुभाग्र्य भएको स्थानिय निर्मल रम्तेल वताउँछन्
सिन्धुली देखि खुर्कोट सम्मको सडकमा बढी घुम्ती र मोडहरु भएको कारण यात्रुहरुले वान्ता गर्ने गरेका हुन् । तर वान्ता गरेको प्लाष्टिक जथाभावी सडकमा मिल्काउदा वातावरण दुर्गन्धित हुने तथा विभिन्न खाले रोग निम्तिनाले खतरा पनि त्यतिकै रहेको चिकित्सक सिताराम पराजुली बताउँछन् । जहाँ पायो त्यही वान्ता गरी फालीदिँदा त्यो फोहोर वरीपरीका पशुपन्छीहरुले खाने हुँदा पशुपन्छीलाई हावाको माध्यमबाट मानिसलाई विभिन्न सरुवा रोगहरु सर्न सक्ने चिकित्सक पराजुली बताउँछन् ।
सफा र सुन्दर देखिने वि.पी. राजमार्ग अहिले सडक पर्यटनको रुपमा समेत स्थापित भइरहेकोले प्लाष्टिक र फोहोरले कुरुप बन्दै जानु दुःखद भएको उद्योग बाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठ बताउँछन् । समयमै यसस्को उचित व्यवस्थापन गर्नु तथा यात्रु र सवारी संचालकहरुलाई सचेत गराउनु अनिवार्य रहेको श्रेष्ठको भनाइ छ ।