जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प छैन : प्रधानमन्त्री दाहाल

जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प छैन : प्रधानमन्त्री दाहाल

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,११ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताउनु भएको छ ।

माओवादी केन्द्रका नेता एवं सांसद स्वर्गीय भक्ति पाण्डेको जीवनी चाचा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै दाहालले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको बताउनु भयो ।

संघीयता, समावेशिता, धर्म्निरपेक्षता जस्ता प्राप्त उपलब्धिहरु उल्टाउने प्रयास भईरहेको भन्दै उहाले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा उपस्थित नयाँ शक्तिका संयोजक वावुराम भट्टराईतर्फ ईकिंत गर्दै प्रधानमन्त्री दाहालले जनताका उपलब्धि खोस्नका लागि षडयन्त्र भइरहेको दावी गर्दै त्यसको प्रतिकारका लागि एकै ठाउँमा आउन आग्रह गर्नुभएको छ ।

आफु र भट्टराई एक अर्काका पुरक भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले फेरि एकै ठाउँमा आउनुपर्ने बताउनुभयो ।

दाहालले भन्नुभयो, “मैले जति वावुरामजीलाई कसैले पनि चिनेको छैन, र मलाई पनि उहाँले जति अरु कसैले चिनेको छैन । फेरि एकठाउँमा आउनेगरी छलफल अघि बढाउनुपर्छ, बसेर समिक्षा गर्नुपर्छ ।“

कार्यक्रममा बोल्दै संयोजक भट्टराइले आफुहरुबीच व्यक्तिगत भन्दा पनि विचारको मतभेद भएकाले छुट्टै पार्टी बनाउनुपरेका भन्दै बोली अनुसारको व्यावहार प्रचण्डको नभएको बताउनुभयो ।

मार्क्सवाद विज्ञानसम्मत भएपनि कतिपयले यसलाई जडसुत्रका रुपमा बु्झने गरेको भन्दै संयोजक भट्टराईले अब आर्थिक बिकास बिना कुनैपनि समाजवाद प्राप्त नहुने उल्लेख गर्नुभयो ।

अब आर्थिक समृद्धि नै मुलुकको भावी एजेण्डा हो भनि आत्मसात गरे अध्यक्ष दाहालसंग एउटै ठाउँमा आउने संभावना रहने उहाँको भनाइ थियो ।
दुबै नेताले स्वर्गीय पाण्डेले पार्टीमा र्पुयाएको योगदानको चर्चा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ