स्थानीय निकायको चुनाव घोषणा गर्न काग्रेसको माग , संसद अबरोध हटाउन दबाब दिने

स्थानीय निकायको चुनाव घोषणा गर्न काग्रेसको माग , संसद अबरोध हटाउन दबाब दिने

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ,११ पुस ।
सत्तारुढ दल नेपाली कांग्रेसले तत्काल स्थानीय निकाय चुनावको मिति घोषणा गर्न सरकार सँग माग गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यलयमा आज बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकले यस्तो माग गरेको हो ।

कांग्रेसको आजको बैठकले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउन सरकारको ध्यानाकर्षण गराएको हो । स्थानीय निकायमा विनियोजित बजेट सदूपयोग गर्न तत्कालै चुनावको तयारी गर्नुपर्ने कंग्रेसले निर्णय गरेको छ ।
यस्तै बैठकले एमालेलाई पनि वार्तामार्फत संसद अबरोध हटाउन दबाब दिने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगको रिक्त पदाधिकारी पूर्तिका लागि पहल गर्ने, निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकपछि जानकारी दिदै कांग्रेस नेता रामचन्द्र पौडेलले पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार स्थानीय तह स्थापित गर्न समय लाग्ने बताउदै संक्रमणकालीन व्यवस्था अनुसार स्थानीय चुनाव गर्न सम्भव भएको उल्लेख गर्नु भयो ।

कांग्रेसले सभामुखले संसद बैठक निरन्तर नबोलाएकोमा असन्तुष्टि जनाएको छ । कांग्रेसको हिजोको बैठकले पनि दलीय सहमति जुटाएर स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ