सिन्धुली जिल्ला खुल्ला दिशामुक्त घोषणा हुने अभियानमा

सिन्धुली जिल्ला खुल्ला दिशामुक्त घोषणा हुने अभियानमा

  • सोमवार, पुस ११, २०७३
  • रुद्र खड्का

  • 15.8K
    SHARES

सिन्धुली ,११ पुस ।

सिन्धुली जिल्ला खुला दिसामुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ । जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य अनुसार काम अगाडि बढाएको छ । जिविसले जिल्लाका ९५ प्रतिशत घरधुरीहरुमा शौचालय निर्माण कार्य सम्पन्न भएको जनाएको हो ।

जिल्ला विकास समितिका सरसफाई सहज कर्ता मल्लव अधिकारीले सन् २०१६ को डिसेम्वर र २०१७ को जनवरी महिना भित्रै जिल्लालाई खुलादिसा मुक्त घोषणा गर्न सकिने वातावरण तयार भएको बताउनु भयो ।
सिन्धुली जिल्लाका पचास वटा गाविस र दुई वटा नगरपालिकामा वसोवास गर्ने सम्पूर्ण घरमा सौचालय निर्माण गरी निर्धारित समयमा नै खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्न नेपाल स्वास्थ्यका लागि पानी नेवाले सवै भन्दा धेरै गाविसको जिम्मा लिएर काम गरेको उहाँले जानकारी दिनुभयो । हाल खुल्ला दिसा मुक्त गाविस घोषणा भएका ४३ गाविसमध्ये नेवाको पहलमा २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भएका छन् ।
कमलामाई नगरपालिकाको वडा नंं.६ वाहेक सम्पुर्ण वडा खुल्ला दिसा मुक्त घोषणा भई सकेका र वडा नं. ६ मा केही घरमात्र सौचालय निर्माण गर्न वाँकी रहेको जनाएको छ ।
दुधौली नगरपालिकामा ८० प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको र वाँकी गाविसहरुमध्ये निपानेमा ९८ प्रतिशत कल्पवृक्षमा ९७ प्रतिशत रानिवासमा ९५ प्रतिशत सिर्थौलीमा ९२ प्रतिशत र क्यानेश्वरमा ८० प्रतिशत घरमा शौचालय निर्माण भई सकेको उहाँले बताउनु भयो ।

निर्धारित समयभित्रै सिन्धुली जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला बनाउन सकिने लक्ष्य राखेको छ । नेपाल सरकारले सन २०१७ भित्र नेपाललाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ