काठमाडौ ११ पौष ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथेलेटिक्समा आर्मीकी सरस्वती भट्टराईले तेस्रो स्वर्ण पदक हात पारेकी छिन् ।
आज विहान भएको ८ सय मिटर दौडमा आर्मीकै सानुमाया कार्कीलाई पछि पार्दै सरस्वतीले प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पारेकी हुन् ।
उनले ८ सय मिटरको दूरी २ मिनेट १९ दशमलव ४२ सेकेण्डमा पूरा गरिन् । आर्मीकै सानुमायाले २ मिनेट २५ दशमलव ५६ सेकेडमा दूरी पार गरेर रजत पदक जितिन् ।
सुदूरपश्चिमकी १५ वर्षकी सिमा कुमारी चौधरीले कास्य पदक हात पारिन् । इटहरीमा रहेको रङ्गशालामा खाली खुट्टामा दौडिएकी चौधरीले २ मिनेट ३१ दशमलव ६२ सेकेण्डमा ८ सय मिटरको दूरी पार गरिन ।
यस अघि सरस्वतीले १५ सय मिटर र ४ गुणा ४ रिलेमा स्वर्ण जितेकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline