तामसालिङ प्राप्तीका लागि दवाव दिन राजधानीमा आज भेला हुदै

तामसालिङ प्राप्तीका लागि दवाव दिन राजधानीमा आज भेला हुदै

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ११ पौष ।  

नेपाल तामाङ घेदुङको आयोजनामा आज राजधानीमा बृहत तामासालीङ भेला हुदैछ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा हुने भेलालाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तामसालिङ प्राप्तीका लागि सरकारलाई दवाव दिने उदेश्यले नेपाल तामाङ घेदुङको प्रदेश नम्बर ३ को अयोजनामा भेला हुन लागेको हो । भेलालाई प्रधानमन्त्री दाहाल लगायतका विभिन्न दलका नेता सांसदका साथै तामाङ आगुवाहरुले सम्बोधन गर्ने जनाएको छ ।

भेलाअघि भृकुटीमण्डपबाट जातिया पहिचान झल्किने सँँस्कृतिक र्याली निकाल्ने तयारी छ । बिहान ११ बजेबाट भृकुटीमण्डवबाट सुरु हुने र्याली सहिदगेट, सुन्धारा, जमल हुदै कमलादी पुगेर सभामा परिणत हुनेछ ।

पहिचान सहितको संघियता एवम् तामासालिङ राज्य प्राप्तीका लागि दवाव दिने उदेश्यले भेला आयोजना गरेको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ