काठमाडौं, पुस ११।
नेपाल प्रेस युनियनले आज पत्रकारका लागि निःशूल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्दै छ ।
नेपाल प्रेस युनियनको कार्यालय थापा गाउँमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निःशूल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिने युनियनले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको सहयोगमा निःशूल्क मिर्गौला परीक्षणको व्यवस्था मिलाइएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयोे ।
नयाँ प्रविधिको प्रयोग गरेर ५ मिनेटमा नै मिर्गौला परीक्षण हुने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline