माक्र्स जयन्तीमा आज देखि राजधानीमा भेला सुरु हुदै

माक्र्स जयन्तीमा आज देखि राजधानीमा भेला सुरु हुदै

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ पुस ११ ।
दार्शनिक कार्ल माक्र्सको जन्मेको दुइ वर्ष पुग्न लागेको अवसरमा राजधानीमा आज देखि दुइ दिने राष्ट्रिय भेला सुरु हुदै छ । भेलाको राष्ट्रिय नाचघरमा एक कार्यक्रमका विच उद्घाटन हुने छ ।

माक्र्सका विचारहरुको सान्दिर्भिकता र नेपालको सन्दर्भमा यसको औचित्य बारे आगामी दुइ वर्ष सम्म देशव्यापी बहस सञ्चालन गर्ने उद्देश्यका साथ भेला आयोजन ागर्न लागिएको आयोजकले जनाएको छ ।

उक्त भेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल, पुर्वप्रधानमन्त्री माधव नेपाल लगायत सबै कम्युनिष्ट पार्टीका प्रमुुख नेताहरुको सहभागि भएर आफनो विचार राख्ने बताइएको छ ।

यस्तै भोली ववरमहलमा हुने छलफलमा समाजवादको भविष्यमा सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, माक्र्सवादको योदानमा प्रदीप ज्ञवाली, द्धन्द्धात्मक भौतिकवादमा बेदुराम भुसालले आफ्नो विचार राख्नु हुनेछ ।
यसै गरी आजको विश्व व्यवस्थामा डा. विजय पौडेल, कम्युनिष्ट आन्दोलनमा एकता र विवाद मा मोह विक्रम सिंह, र माक्र्सवाद र संस्कृतिमा आहुतीले आ आफ्नो प्रस्तुति दिदै हुनुहुन्छ ।

सन् २०१८ मे ५ मा कार्ल माक्र्स जन्मेको दुइ सय वर्ष पुग्दैछ । दुइ दिने राष्ट्रिय भेलाबाट सो अवधिसम्म गरिने कार्यक्रमहरु तय हुने कार्ल माक्र्स द्धिशतवार्षिकी समारोहका संयोजक एवं एमाले नेता घनश्याम भुसालले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ