काठमाडौ ११ पौष ।
नेपाः पार्टीका नेता तथा पूर्वसभासद् बुद्ध सायमीको ७२ वर्षको उमेरमा निधन भएको छ । गत सोमबार अचानक बेहोस भई ढलेपछि अस्पताल भर्ना गरिएका उहाँको उपचारका क्रममा जावलाखेलस्थित अल्का अस्पतालमा हिजो निधन भएको हो ।
उहाँको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार साँझबाट उहाँलाई सघन उपचार कक्षमा राखी उपचार सुरु गरेको थियो । सायमीमा कलेजो, मिर्गौला र मधुमेहको समस्या देखिएको थियो । उहाँका एक छोरा र एक छोरी रहेका छन् ।
नेपाल भाषामा विद्रोही धारका कवि समेत रहनु भएका सायमी विसं २०६४ को संविधानसभामा नेपाः पार्टीबाट सभासद् हुनुहुन्थ्यो । विसं २०२० मा नेपाल भाषामा कविता लेख्न सुरु गर्नुभएका उहाँका नेपाल भाषाका दुई कविता सङ्ग्रहसहित चार कृति प्रकाशित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline