विप्लव माओवादीले आज देशव्यापी रुपमा अन्तक्रिया कार्यक्रम गर्दै

विप्लव माओवादीले आज देशव्यापी रुपमा अन्तक्रिया कार्यक्रम गर्दै

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, पुस ११।
पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा उत्रिएको नेकपा माआवादीका जनवर्गीय सङ्गठनहरुले आज देशव्यापीरुपमा विरोध स्वरुप अन्तक्रिया कार्यक्रम गर्दै छ ।

इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादी निकट विभिन्न जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य भन्द पनि धेरै मुल्यबृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि बढाएको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

घोषित कार्यक्रम अनुसार भोली १ बजे देशव्यापी विरोध प्रदर्शन, पौष १३ गते मशाल जुलुस, १४ गते अन्तरक्रिया र १५ गते विहान ९–१० बजे चक्का जाम रहेका छन् ।

उनीहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ