साइबार आतंकविरुद्ध लड्न प्रहरीको छुट्टै ब्युरो

साइबार आतंकविरुद्ध लड्न प्रहरीको छुट्टै ब्युरो

  • सोमवार, पुस ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

११ पुस, काठमाडौं ।

टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलासा भयो। केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारबाही चलाए पनि के कति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन।

दुवै बैंकका ग्राहक र कर्मचारीसम्बन्धी ठूलो तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेपछि सुरक्षा निकाय झस्कियो।

नेपालमा यसबाहेक समयसमयमा अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना भइरहेको छ ।

यस्तै सामाजिक सञ्जालमार्फत हुने ठगीमा प्रहरीले बिचौलिया पक्राउ गरे पनि मुख्य व्यक्ति समात्न सकेको छैन ।यस्ता साइबर अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय बेग्लै इकाइ स्थापनाको अन्तिम तयारी गरिरहेको छ।

साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धान, दोषी व्यक्ति वा संस्थालाई पक्राउ तथा नियन्त्रण, आफ्नै न्यायिक हिरासत र मुद्दामा राय तथा अभियोजनसहितको अधिकार प्राप्त साइबर ब्यूरो स्थापना हुने भएको छ ।नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी