सबैलाई मान्य हुनेगरी संविधानको सर्वस्वीर्यता बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

सबैलाई मान्य हुनेगरी संविधानको सर्वस्वीर्यता बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

  • आइतवार, पुस १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १० पुस । 

पछिल्लो समय मुलकुमा उत्पन्न राजनीतिक गतिरोध गर्ने पहलमा जुटेको सत्ता साझेदार दल नेपाली कांग्रेसले संविधानप्रति असन्तुष्ट सबै पक्षलाई समेटेर संविधान कार्यन्वयनमा लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा आज बिहान बसेको कांग्रेसको वर्तमान र पूर्वपदाधिकारी सम्मिलित संयुक्त बैठकले प्रतिपक्षी एमालेसहित मधेशी मोर्चालाई समेत मान्य हुने गरी संविधानको सर्वस्वीर्यता बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

थप छलफलका लागि भोली बिहान ८ बजे पुनः बैठक बस्ने सहमति पनि भएको कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । बैठकमा संशोधन प्रस्तावमा सहमतिका लागि कांग्रेसको अडान र लचकता तथा पार्टीकै नेता कार्यकर्ताले गरेको प्रस्तावको विरोध लगायतका विषयमा छलफल भएको थियो ।

संविधान संशोधन, स्थानीय तहको निर्वाचनका साथै समसामायिक राजनितिक विषयमा छलफल गर्न कांग्रेसले वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको हो । संसदको सबैभन्दा ठूलो दल भएपनि विद्यामान गतिरोध अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्न नसकेको भन्दै सत्ता साझेदार कांग्रेसको आलोचना हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी