काठमाडौ १० पौष ।
पुर्वाञ्चलमा जारी सातौं राष्टिय खेलकुद अन्तरगत आज विभिन्न २७ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । सुनसरीको इटहरी रंगशालामा एथ्लेटिक्सतर्फ पुरुष महिलाको २ सय मिटर दौड, हडल्स र रिले हुनेछ ।
यस्तै, टिम इभेन्टतर्फ पुरुष भलिवलमा समुह बी अन्र्तगत पश्चिमाञ्चल र आर्मी तथा एपीएफ र मध्यपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । समुह ए मा मध्यमाञ्चल र पश्चिमाञ्चल तथा पुलिस र सुदुरपश्चिम खेल्नेछन् ।
महिलातर्फको खेलमा पुर्वाञ्चल र मध्यमाञ्चल तथा पुलिस र मध्यपश्चिमबीच प्रतिस्पर्धा हुनेछ भने समुह ए को खेलमा मध्यपश्चिममाञ्चल र पश्चिमाञ्चल तथा एपीएफ र आर्मी भिड्ने छन् ।
यस्तै धरानको एन्फा टेक्निकल सेन्टरमा हुने पुरुष फुटबलमा समुह बी अन्र्तगत एपीएफ र सुदुरपश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै मोरंगको बैजनाथपुर रंगशालामा हुने पुरुष क्रिकेटमा क्रिकेटमा मध्यमाञ्चल र पश्चिमाञ्चल तथा एपीएफ र सुदरपश्चिमाञ्चल बीच प्रतिस्पर्धा हुनेछ ।
जनता माविको खेल मैदानमा हुने महिला क्रिकेटमा सुदुरपश्चिम र एपीएफ तथा मध्यपश्चिम र पुर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
२ सय ९४ स्वर्णका लागी ४ हजार खेलाडि पुर्वाञ्चल पुगेका छन् । पुर्वाञ्चलका मोरङ्ग, सुनसरी, झापा, सिराहा, उदयपुर, धनकुटा, सप्तरी जिल्लामा प्रतियोगिता आयोजना गरिनेछ ।