काठमान्डौ पुस १० ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका हिन्दूवादी संघसंस्थाले ‘गौ’ हत्या गरिएको भन्दै त्यसको विरोधमा सुदूरपश्चिमका जिल्लाहरु बन्द गरेका छन् ।
बन्दका कारण आज सुदूरपश्चिमका जिल्लामा बिहानैदेखि सवारी साधन चलेका छैनन् भने बजारहरु आंशिक रुपमा सञ्चालन भएका छन् । बन्द कर्ताले विरोध र्याली समेत निकालेका छन् ।
गत मंगलबार कैलालीको गोदावरी वनमा २५ वटा गाई मृत अवस्थामा भेटिएको थियो । यही घटनाको विरोधमा बन्द गरिएको हिन्दु राष्ट्र संरक्षण संर्घष समितिका संयोजक हरि रेग्मीले बताउनुभयो ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै उक्त गाईगोरुहरु गोदावरी पु¥याएको स्वीकार गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्ने बन्दकर्ताको माग छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline