गतिरोधको निकासबारे कांग्रेसले छलफल गर्दै

गतिरोधको निकासबारे कांग्रेसले छलफल गर्दै

  • आइतवार, पुस १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, पुस १०।
पछिल्लो समय मुलकुमा उत्पन्न राजनीतिक गतिरोध निकासका लागि सत्तारुढ दल नेपाली कांग्रेसले अहिले छलफल गरिरहेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा जारी कांग्रेसका वर्तमान र पूर्व पदाधिकारीको बैठकमा संसदमा उत्पन्न गतिरोध अन्त्यको पहल भइरहेको बताइएको छ ।

आजको बैठकमा सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि बढेको राजनीतिक गतिरोध, सहमतिका लागि कांग्रेसको अडान र लचकता तथा पार्टीकै नेता कार्यकर्ताले प्रस्तावको विरोध गरिरहेको विषयमा छलफल हुने बताइएको छ ।

यसैबिच गत पुस ४ गते सभामुख ओनसरी घर्तीको आह्वानमा शीर्ष ३ दलका नेताको बैठकपछि दलहरुबिच राजनीतिक गतिरोध हटाउने विषयमा छलफल हुन सकेको छैन ।
उक्त बैठकमा कांग्रेस र माओवादी केन्द्र तथा विपक्षी एमालेका नेताबिच भनाभन भएपछि दलहरुबिचको दूरी झनै बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ