काठमान्डौ १० पुस।
सप्तरीमा गएराति जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी भारदहका ६५ वर्षीय रघुनाथ खंग रहेका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले घर भत्काउन थालेपछि भागेका खंगको घरनजिकैको बारीमा हात्तीले कुल्चिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
खंगको शवलाई पोष्मार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज लगिएको छ ।
पछिल्लो समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले सप्तरीको पूर्वी भेगमा आतंक मच्चाएको छ । त्यहाँ दिनहूँजसो आउने हात्तीले स्थानीयहरु त्रसित बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline