आजका लागि बोलाइएको संसद बैठक मंगलबार सम्मका लागि स्थगित

आजका लागि बोलाइएको संसद बैठक मंगलबार सम्मका लागि स्थगित

  • आइतवार, पुस १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, पुस १० ।
आजका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक आगामि मंगलबार सम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक इसाई धर्मालम्बीको पर्व क्रिसमस परेकाले सांसदको आग्रहमा आगामी पुस १२ गते १ बजेका लागी सारिएको संसद सचिवालयले जनाएको छ ।

सरकारले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी एमाले लगायत अन्य ८ दलले लगातार सनद अवरुद्ध गर्दै आएका छन् ।

यस्तै संसदमा उत्पन्न गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले भोलीका लागि सात दलको बैठक आह्वान गर्नु भएको छ ।

संसदको गतिरोध अन्त्य गर्न पटक पटक पहल गरिरहनु भएका सभामुख घर्तीले सोही विवाद समाधानका लागि शीर्ष दलका नेतासँग छलफल गर्न लाग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ