आज क्रिसमस पर्व, इसाई धर्मालम्बीहरुले मनाउदै

आज क्रिसमस पर्व, इसाई धर्मालम्बीहरुले मनाउदै

  • आइतवार, पुस १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, पुस १०।
इसाई धमौलम्बीहरुले आज धुमधामका साथ क्रिसमस पर्व मनाउदै छन् । मुलुक भरका गिर्जाघरहरुमा आज इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव क्रिसमस मनाइन लागेको हो ।

इसाइ धर्मालम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन क्रिसमस मनाउने गर्दछन् । पर्वका अवसरमा इसाई धर्मालम्बीहरुले विभिन्न कार्यक्रमको समेत आयोजना गरेका छन् ।

दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा कुमारी मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ ।

उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो समय ८ हजार ५ सय गिर्जाघर र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मालम्बीहरु रहेका छन् । साथै सरकारले यस पर्वको उपलक्ष्यमा सार्वजनीक विदा समेत दिदै आएको छ ।

क्रिसमसको अवसरमा महासङ्घले आज दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ । यस्तै क्रिसमसका असरमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ ।

यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपाली बिच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरुलाई शुभकामना दिनु हुदै ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ