खेलस्थल निर्माण नसकिदा सातौ राष्ट्रिय खेलकुद त्रिपालमुनी

खेलस्थल निर्माण नसकिदा सातौ राष्ट्रिय खेलकुद त्रिपालमुनी

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

विराटनगर, ९ पुस ।

सातौं राष्ट्रिय खेलकुद अन्तरगतको सुटिङका खेलहरु मोरङमा आजबाट त्रिपालमुनी सुरु भएको छ ।

खेलस्थलको काम समयमा नै नसक्दा मोरङको झापा बैजनाथपुरमा नवनिर्मित सुटिङ रेन्जमा सुटिङ प्रतियोगिता त्रिपाल मुनी सुरु भएको हो ।

पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सुटिङ रेन्जको उद्घाटन गरेका थिए । खेलसमेत सुरु भएपनि सुटिङ रेन्जको छाना हाल्ने काम अहिलेसम्म भइरहेको छ ।

आज भएको महिला पेस्तोलमा ३ सय ४९ अंक ल्याएरनेपाल आर्मीकी हेमा चौधरी प्रथम भइन् । त्यस्तै नेपाल प्रहरीकी सविता बस्नेत ३ सय ४८ अंक ल्याएर द्वितीय र पूर्वाञ्चलकी कमला राई ३ सय १९ अंक ल्याएर तृतीय स्थान हात पारिन ।

हक्कीमा ४ वटा टिमले जित हासिल गर्न सफल :

हक्कीको उद्घाटन खेलमा ४ वटा टिमले जित हासिल गर्न सफल भए । विराटनगरको डिएबी स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयो ।

नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारायण चौधरी, स्यामीयल राई, राम साहले १/१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २÷२ गोल  गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले पराजित गरी सुदूरपश्चिमाञ्चलले जित हासिन गर्न सफल भयो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरेका थिए । मध्यपश्चिमाञ्चलको तर्फबाट सलमान इद्रीसी र सहिद अलिले गोल गरे  ।

महिला तर्फ भएको पहिलो खेलमा  मध्यमाञ्चललाई ४–१ गोलको अन्तरले पराजित गर्दै सुदूरपश्चिमाञ्चलले जित हासिल ग¥यो । सुदूरपश्चिमाञ्चलको तर्फबाट सिमा चौधरी र नरबदा जोशीले १/१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् । सुदूरपश्चिमाञ्चलले पुरुष र महिला तर्फको पहिलो दिनको खेलमा दोहोरो जित हात पार्न सफल भए ।

दोस्रो खेलमा पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पराजित गर्दै पश्चिमाञ्चलले जित हासिल गरेको छ । पश्चिमाञ्चलको तर्फबाट कमला रानामगर र सोनी गुरुङ्गले २/२ गोल गरेका थिए ।  प्रतियोगितामा पाँच विकास क्षेत्र र  एक विभागीय टिम गरी १ सय ७६ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कबड्डीमा महिलातर्फ ४ र पुरुषतर्फ तीन खेल सम्पन्न

कबड्डी तर्फको शनिबारको खेलमा महिलातर्फ ४ र पुरुषतर्फ तीन खेल सम्पन्न भएका छन् । मोरङ टंकिसिनवारी स्थित खेल मैदानमा जारी महिला तर्फको समूह ‘क’ अन्तगत भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ ।

नेपाली सेनाको टोलीले पश्चिमाञ्चलाई ६८/१६ अंकले पराजित गरेको हो । त्यस्तै महिला तर्फकै समूह ‘ख’ अन्तरगत भएको दोस्रो खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पराजित गरेको छ । सशस्त्र प्रहरीलाई ११/५२ अंकले पराजित गर्दै नेपाल प्रहरीले विजयी सुरुवात गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी