पुरुष फुटबलमा मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी

पुरुष फुटबलमा मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सुनसरी, पुस ९ ।

सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत आज भएको पुरुष फुटबलमा मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी भएका छन् ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लवलाई ३–० पराजित गरेको छ । पुलिसलाई पराजित गर्दै पश्चिमाञ्चलले पनि ३ अंक जोडेको छ ।

पश्चिमाञ्चलको जितका लागि अनिल गुरुङले दुई र विमल घर्ती मगरले एक गोल गरेका थिए । विमलले पहिलो हाफको २५ औँ मिनेटको खोलको खाता खोल्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ३० औँ मिनेटमा अनिल गुरुङले अर्काे गोल गर्दे आफ्नो टिमलाई जित नजिक पुर्याएका थिए ।

पुलिसका गोल रक्षक रोशन खड्काले दोस्रो हाफको ४० औँ मिनेटमा पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई फल गरेपछि पाएको पेनाल्टिको सदुपयोग गर्दे अनिल गुरुङले अन्तिम तथा निर्णायक गोल गरेका थिए ।

पुलिसका गोल रक्षकले फल गरेसँगै दोस्रो पहेलो कार्ड पाएर मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो । गोल रक्षक बाहिरिएपछि पुलिसका कप्तानसमेत रहेका भोला सिलवालले गोल रक्षकको रुपमा खेलेका थिए ।

यसैबिच दोस्रो हाफको इन्जुरी समयमा पुलिसका सुमन लामालाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी भर्ना गरिएको छ ।

आजै भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मध्यामाञ्चलले पूर्वाञ्चल माथि एक शुन्यको कठिन जित हासिल गरेको हो । मध्यमाञ्चलको जितका लागि दिनेश हेनजले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए ।

जित सँगै मध्यमाञ्चलले प्रतियोगिताको लिग चरणमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने लिग चरण खेलेको दुवै प्रतियोगिता पाराजित पूर्वाञ्चलले अंक निकाल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी