सातौ राष्ट्रिय खेलकुट : महिला फुटबलको स्वर्ण सशस्त्रलाई

सातौ राष्ट्रिय खेलकुट : महिला फुटबलको स्वर्ण सशस्त्रलाई

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

सुनसरी, पुस ९ ।

पूर्वान्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ ।

दुहवी रङ्गशालामा आज सम्पन्न फाइनलमा नेपाल पुलिसलाई ट्राइबेक्ररमा ४–२ गोल अन्तरले पराजित गर्दै ससस्त्रले स्वर्ण जितेको हो ।

निर्धा्रित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरमा गरिएको थियो । ट्राइबेकरमा सशस्त्रका लागि उसा भण्डारी, लक्ष्मी कुमारी पौडेल, मन्जु दोङ्ग र अनिता केसीले गोल गरेका थिए । सशस्त्रकी तारा थिङ्गको प्रहार भने पोष्टमा लागरे फर्किएको थियो ।

यसैगरी पुलिसका लागि धिमकुमारी गुरुङ र सृजना खड्काले गोल गरे । पुलिसकी निर्मला उपाध्यायले हानेको प्रहार पोष्ट बाहिर गायो । अमृता जोशीको प्रहार भने सशस्त्रकी रुपा राना मगरले बिफल बनाइन् ।
स्वर्ण विजेतालाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले आजै मेडल तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी