काठमाडौं, पुस ९ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी ऐन बनाउने तयारी गरेको छ ।
मन्त्रालयले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाई नागरिक उड्डयनसम्बन्धी रहेका कानुनलाई एकीकृत गरी ऐन बनाउने उद्देश्यअनुरुप ऐनको परिमार्जित अन्तिम मस्यौदा सार्वजनिक गरेको छ ।
नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा मन्त्रालयले जन्मकैदको व्यवस्था गरेको छ ।
मस्यौदाउपर सरोकारवालासँग अन्तक्र्रिया सकेको मन्त्रालयले सुझाव संकलनका लागि आफ्नो वेबसाइट मस्यौदामा राखेको छ ।
ऐनमा अनुमति नलिइ वायुयान अनधिकृतरूपमा नेपाल प्रवेश गरे एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यावस्था राखिएको छ । सो मस्यौदाको परिच्छेद १२ को कसुर तथा सजायअन्तर्गतको ७३औं बुँदामा यस्तो व्यवस्था गरिएको छ ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले ऐनको परिमार्जित मस्यौदाबारे सुझाव ‘अपडेटिङ’ गर्ने काम भइरहेकाले यथाशीघ्र ऐनकोरुपमा ल्याइने पर्यटने बताउनु भयो ।