एमबिबिएसको विवादित नतिजा बदर गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

एमबिबिएसको विवादित नतिजा बदर गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, पुस ९ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस अध्ययनको लागि लिएको प्रवेश परिक्षाको पहिलो र दोस्रो दुवै नतिजा सूचीलाई बदर गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
चिकित्सा सेवा महाशाखाका प्रमूख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले प्रतिष्ठानले गत कात्तिकमा प्रवेश परिक्षा लिएर मंसिर १५ र १७ गते प्रकाशित गरेको नतिजा सूची त्रुटिपूर्ण रहेको प्रतिवेदन बुझाएपनि मन्त्रालयले नतिजा बदर गर्न निर्देशन दिएको हो ।

छानबीन समितिले नतिजासूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटी तथा लापर्वाही भएको प्रतिवेदन बुझाएको पछि मन्त्रालयले सूची बदर गर्न निर्देशन दिएको हो ।

नतिजामा त्रुटि गर्ने पदाधिकारी तथा कर्मचारीलाई कारबाही गर्न पनि सिफारिस गरिएको छ ।
मन्त्रालयले यसपटकका लागि पहिलो चरणको परिक्षामा सामेल भएका सबै १७ सय ६९ जना परीक्षार्थीलाई बाँकी परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्नसमेत निर्देशन दिएको छ ।

परीक्षाको बाँकी प्रक्रियाको अनुगमन तथा समन्वय गर्न पूर्व्शिक्षा सचिव दिपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परीक्षाविद् सिताराम बुढाथोकी रहेको तीन सदस्यीय परीक्षा अनुगमन तथा समवन्य समिति गठन गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा ६० जनालाई एमबिबिएस पढाउँदै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी