संविधान संसोधन प्रस्ताव पारित त परै गयो , छलफल सम्म हुन दिदैनौ :ओली

संविधान संसोधन प्रस्ताव पारित त परै गयो , छलफल सम्म हुन दिदैनौ :ओली

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बागलुङ, पुस ९ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर १४ मा सदनमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने दावी गर्नुभएको छ ।

नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाले राष्ट्रियतामाथि गम्भीर आघात पुग्ने गरी संशोधन पेश भएकाले त्यस्तो प्रस्तावको कुनै औचित्य नभएको बताउनु भयो ।

उहाले संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव माथि छलफल समेत हुन नदिने चेतावनी दिदै यस्तो गम्भीर बिषयमा एमाले कसैले उचालेर नउचालिने भन्दै संशोधन प्रस्तावमा छलफल हुने र पारित हुने भ्रममा नरहन नेता कार्यकताहरुलाई आग्रहसमेत गर्नुभयो ।

संविधानको धारा २७४ ले निषेध गरेर प्रादेशिक सभा गठन र सिमांकन नगरी संविधान संशोधन गर्न खोजीएको भन्दै ओलीले चुनाव तर्फ लाग्न सरकारलाई सुझाव दिनुभयो ।

आजदेखि सुरु भएको एमाले जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान एमाले उपाध्यक्ष तथा सांसद दरबहादुर थापा, प्रदेश कमिटी सदस्य इन्द्रलाल सापकोटा र केन्द्रिय उर्जा बिभागका सदस्य हिराबहादुर केसी चुनावी मैदानमा उत्रिएका छन् । अधिवेशन सोमबारसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ