काठमाडौं, पुस ९ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको गतिरोध अन्त्य गरि निर्वाचनमा जानका लागि गम्भीर बन्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल सांस्कृतिक संघले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै तीन तहको निर्वाचन गराएर संविधान कार्यान्वयनका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
संविधान कार्यान्वयन हुन नदिइ मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसकेकाले दलहरु गम्भीर नबने मुलुक अस्थिरतातर्फ जाने बताउनु भयो ।
कार्यक्रममा नेपाल सांस्कृतिक संघले आफ्ना भावी योजना सार्वजनिक गरेको थियो भने विभिन्न कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline