पूर्वराजाको वक्तव्यबारे मन्त्रीपरिषदमा छलफल भएको थियो : यातायातमन्त्री

पूर्वराजाको वक्तव्यबारे मन्त्रीपरिषदमा छलफल भएको थियो : यातायातमन्त्री

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ९ पौष ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गर्नुभएको प्रेस वक्तव्यका विषयमा मन्त्रिपरिषदमा छलफल भएको बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले मन्त्रिपरिषदको बैठकमा उक्त प्रेस वक्तव्यमाथि छलफल भएपनि आधिकारिक निर्णय भने नभएको बताउनु भयो ।

यस्तै उहाँले संविधानको सर्वस्वीकार्यतालाई फराकिलो बनाउनका लागि संशोधन प्रस्ताव अघि बढाएको बताउनु भयो । प्रस्तावलाई सबै दल मिलेर पारित गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रतिपक्षी एमालेले लगातार संसद बैठक अवरुद्ध गरेर सदनलाई बन्दी बनाउन खोजेको आरोप समेत लगाउनुभयो ।

उहाँले संसद सर्वोच्च थलो भएकोले संविधान संशोधन प्रस्तावका बारेमा के गर्ने वा नगर्ने भन्ने अधिकार पनि उसलाई नै हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ