कृषि क्षेत्रको बिकास बिना नेपालको बिकास असम्भव : कृषिमन्त्री

कृषि क्षेत्रको बिकास बिना नेपालको बिकास असम्भव : कृषिमन्त्री

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ९ पौष ।  

कृषिमन्त्री गौरिशंकर चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकारले सातै प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने बताउनु भएको छ ।

कृषिको बिकास बिना नेपालको बिकास असम्भव रहेको भन्दै उहाँले कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागी सरकार छलफल र निर्णयको अन्तिम तयारीमा जुटेको बताउनु भयो ।

पश्चिम चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र र राष्ट्रिय गाई अनुसन्धान फार्मको अबलोकनपछि सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि मन्त्रालयले छिटै कृषि यन्त्र विनियमलाई संशोधन गरि पुर्णता दिएपछि बिभिन्न कामहरुले पूर्णता पाउने दाबी गर्नुभयो ।

कृषि यन्त्र विनियमको संशोधन नगर्दा धेरै समस्या भएको भन्दै उहाँले त्यसलाई संशोधन गरेर कृषि क्षेत्रका नयाँ विकासका योजनाहरु केहि महिनाभित्रै सार्वजनिक गर्ने बताउनु भयो ।

दक्ष जनशक्ति बाहिरिनेक्रम बढेकाले उनीहरुलाई टिकाउन अर्थ मन्त्रालयसँग अनुमति लिएर पेन्सनको व्यवस्था ग्यारेन्टी गरेको भन्दै उहाँले अब दक्ष जनशक्ति मुलुकमै रहने र देशको बिकास द्रुत गतिमा हुने दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ