भारतको डिजाईनमा आएको संसोधन प्रस्ताव अस्वीकार्य : खनाल

भारतको डिजाईनमा आएको संसोधन प्रस्ताव अस्वीकार्य : खनाल

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सुनसरी, पुस ९ ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतको डिजाइनमा संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरिएकाले त्यो कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताउनु भएको छ ।

सुनसरीको धरानमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले कांग्रेस र माओवादी केन्द्रले विदेसीको इसारामा लागेर राष्ट्रिय हितविपरितको संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनु भयो ।

उहाले प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता खल्बल्याउन खोजेकोले एमालेले प्रस्तावको विरोध गरेको बताउनु भयो ।

दाहाल र देउवाले नै देश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको उहाको आरोप छ ।

अर्को प्रशंगमा नेता खनालले संविधानसभाले पारित गरेको संविधानमा राखिएको सात प्रदेशको खाकामा एक इन्च पनि तलमाथी पार्न नदिने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ