राप्रपाले २४० निर्वाचन क्षेत्रमा एकैसाथ क्षेत्रीय अधिवेशन गर्ने

राप्रपाले २४० निर्वाचन क्षेत्रमा एकैसाथ क्षेत्रीय अधिवेशन गर्ने

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,९ पुस ।
राप्रपाले आगामी माघ २१ गते दुई सय ४० वटा निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने जनाएको छ ।

पार्टी एकीकरणपछि जिल्ला, गाउँ, नगर एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते ७५ जिल्लामै जिल्ला अधिवेशन गर्ने तयारी गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।

पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भइसकेको छ । पार्टी एकीकरणपछि दुवै पार्टीभित्रको सन्तुलन मिलाउन झण्डै चार हजार प्रतिनिधि छनौट हुने उहाँले बताउनुभयो ।

गएको मंसिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको छ । अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ