काठमाडौ ,९ पौष ।
बागमति नदीको मुहान बागद्वारदेखि मनोहरा नदीसम्म ढल मुक्त भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
बागमती नदी सरसफाई महाअभियानको १ सय ८९ औं हप्तामा आइपुग्दा बागद्वारबाट मनोहरा नदीसम्मको भागलाई ढल मुक्त बनाइएको हो ।
२०७० जेठ पहिलो साताले सुरु भएको सफाई अभियानका क्रममा नदी किनारका विभिन्न ठाउँमा बगैंचा निर्माणको कार्य पनि भइरहेको छ ।
अहिलेसम्म उपत्यकाको २६ ठाउँमा गैरसरकारी निकायले बगैँचा बनाउन सम्झौता गरेकोमा ८ ठाउँको बगैँचा सरकारलाई हस्तान्तरण गरिसकेका छन् ।
अभियानले दुई सय हप्ता सम्ममा स्थानीय समुदायलाई नै बागमती नदी संरक्षण र व्यवस्थापनको जिम्मा दिने तयारी गरेको सफाइ अभियानका अभियन्ता राजु अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दालाई जिम्मा दिएपनि अनुगमन भने हुने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline