काठमाडौंमा ९ पौष ।
राजधानीमा जारी सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनमा आज केही महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरु पेश हुंदैछ ।
मुलुकभरका सरकारी वकिलहरुका साथै ३ सय ५२ जना प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा आज नेपाल प्रहरीका १४ अञ्चलका प्रमुखका तर्फबाट सरकारी वकिलको प्रभावकारिता र समन्वयत्मक भूमिका बारे कार्यपत्र पेश हुंदैछ ।
हिरासत तथा कारगारमा रहेका कैदीबन्दीको अनुगमन गरी मानवअधिकारको संरक्षण गर्ने तथा बन्दीहरुले कानून व्यवसायीसँग सहज भेट्न पाउने तथा न्यायलाई सहज पहुँचमा पु¥याउनेबारे सम्मेलनमा भोलीसम्म छलफल हुने जनाएको छ ।
सम्मेलनमा संगठित अपराधको बिषयमा सरकारी वकिल र प्रहरीबीचको सहकार्य तथा संघीयतामा गइसकेपछि आउनसक्ने चुनौतीका विषयमा पनि छलफल भइरहेको महान्यायाधीवक्ता रमण श्रेष्ठले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline