उद्घाटन र शिलान्यासका लागि प्रधानमन्त्री दाहाल जिल्ला दौडाहामा ब्यस्त

उद्घाटन र शिलान्यासका लागि प्रधानमन्त्री दाहाल जिल्ला दौडाहामा ब्यस्त

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,९ पुस ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल दैनिकजसो बिभिन्न कार्यक्रम तथा उद्घाटनका लागि जिल्ला दौडाहामा व्यस्त रहनुभएको छ ।
मुलुकमा जारी गतिरोध अन्त्य गर्ने बिषयमा कुनै प्रभावकारी छलफल समेत हुन नसकेका बेला प्रधानमन्त्री दाहालल भने बिभिन्न जिल्लामा पुगेर बिबादित बिषयमा छिट्टै सहमती जुट्ने बताउदै आउनुभएको छ ।

आज पनि प्रधानमन्त्री दाहाल रुकुम, रोल्पा र दाङमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जादै हुनुहुन्छ । रुकुमको चुनुवाङमा गुरिल्ला ट्रयाकको उद्घाटनका लागी केहिबेरमा त्यसतर्फ जान लाग्नुभएको हो ।

त्यहाबाट सिधै उहा रोल्पा आएर घर्तीगाउमा रहेको शहिद मार्गको अबलोकन र उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले आजै दिउसो १ बजे दाङको घोराहिमा आयोजना हुने पार्टीको कार्यत्रममा सहभागी हुनुहुने उहाका स्वकीय सचिक मनोहर प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालल पछिल्लो सातामा मात्रै गोरखा , धादिङ ,कैलाली , सुर्खेृत , हुम्ला ,धनकढी ,मोरङमा भएका पार्टीगत कार्यक्रम , उद्घाटन तथा सिल्यानासमा सहभागी हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ