नेपाल संसारमा चिनिकएकै अनेकौ हिमश्रृखला , प्राकृतिक सम्पदा र सुन्दरताकै कारण हो । यस्ता अनेकौ नेपालका पर्यटकीय र महत्वपूर्ण ठाँउहरु छन् जो ओझेलमा परेका छन् ।
पर्यटकीय र प्राकृतिक महत्वका क्षेत्रहरुको भ्रमणका क्रममा कैद गरिएका हिमालहरुको तस्वीर हेर्नुस् ।
१.धौला गिरी हिमाल
८ हजार १ सय ६७ मिटर उचाई रहेको यो हिमाल पश्चिममा भेरी देखि पूर्वमा कालीगण्डकी सम्म एक सय २० किलो मिटर क्षेत्रमा फैलिएको छ । यो नेपालको सातौं अग्लोे हिमाल हो । बिहानी सूर्योदयको समयमा कैद भएको यो दृष्य
२. अन्नपूर्ण हिमाल
८ हजार ९१ मिटर अग्लो यो हिमालको फेद सम्म ट्रेकिङ जाने पर्यटकहरुको संख्या उल्लेख्य छ । अन्नपूर्ण ५५ किलो मिटर क्षेत्रमा फैलिएको छ । पश्चिममा कालीगण्डगी, उत्तर पूर्वमा मस्र्याङदी र दक्षिणमा पोखरा उपत्यका पर्दछ । घाम झुल्किनासाथ अन्नपूर्णको शीरमा परेको दृष्य ।
३. माछा पुच्छ्रे हिमाल
माछा पुच्छ्रे भनेर नेपालीले सम्झने यो हिमाललाई विदेशीले फिसटैलको रुपमा बुझ्दछन् । अन्नपूर्ण हिमालय रेन्जको ब्याकबोनको रुपमा रहने माछापुच्छ्र्र्रे पोखराबाट २५ किलो मिटर उत्तरमा पर्दछ । माछापुच्छ्र्रे हिमालमा सन् १९५७ मा लेफ्टिीनेन्ट कर्णेल जीमी रोबोर्टस नेतृत्वको टोलीले उत्तुर तिरबाट आरोहण गर्ने प्रयास गरेको थियो । तर १ सय ५० मिटर माथि जानासाथ हाई अल्टीच्युडका कारण मृत्यु भएको थियो । त्यस यता यो हिमालमा आरोहणका लागि प्रतिवन्ध लागेको छ ।
४.पुन हिलको सूर्योदय
पुन हिल सूर्योदयको दृष्य हेर्न अत्यन्त रमणीय क्षेत्र हो । यो पोखराको उत्तरी क्षेत्रमा पर्दछ । छोटो ट्रेकिङ प्याकेजमा यस क्षेत्रको भ्रमण गर्न सकिन्छ । यसै ठाउको बिहान सूर्योदयको दृष्य ।
विभिन्न भ्रमणका क्रममा फरक फरक समयमा लिईएका तस्वीरहरु हुन् – सम्पादक



