सरकारसँग १९६ अर्ब ६२ करोड रुपैयाँ नगद मौज्दात

सरकारसँग १९६ अर्ब ६२ करोड रुपैयाँ नगद मौज्दात

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, पुस ८ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७३ ÷७४ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै मुलुकको समष्टिगत आर्थिक गतिविधि सुधारोन्मुख रहेको जनाइएको छ ।

समीक्षा अवधिमा वित्तीय क्षेत्रका प्रमुख परिसूचकहरु पनि सुधारोन्मुख रहेको जनाउर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन एवं कर्जा लगानीमासमेत विस्तार आएको देखाएकोछ ।

अनुकूल मौसम एवम् रासायनिक मलको सहज उपलब्धताका कारण कृषि उत्पादन बृद्धि हुने तथा व्यावसायिक वातावरणमा देखिएको सुधारसँगै उद्योग तथा सेवा क्षेत्रलेसमेत गति लिने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

तथापि, चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक बृद्धिदर हासिल गर्नका लागि बजेट कार्यान्वयन, पुनःनिर्माण एवं आपूर्ति व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने बैंकले जनाएको छ ।

सार्वजनिक वित्ततर्फ सरकारी राजस्व परिचालन उत्साहजनक रहेको तुलनामा सरकारी खर्च अपेक्षाकृत न्यून रहेकाले नेपाल सरकारको खातामा १९६ अर्ब ६२ करोड रुपैयाँ नगद मौज्दात छ । बैंक तथा वित्तीय संस्थाहरु मर्जररएक्वीजिसन, बोनस सेयर, हकप्रद एवं थप सेयरमार्फत् यस बैंकले तोकेबमोजिमको चुक्तापुँजी बृद्धि गर्ने प्रक्रियामा अगाडि बढेका छन् ।

२०७३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्तापुँजी रु १७६ अर्ब ८० करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।यस्तै, वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कुल कर्जाको ५ प्रतिशत कर्जामध्ये २ प्रतिशत कर्जा प्रत्यक्षरुपमा लगानी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको र असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले प्रत्यक्षरुपमा १ दशमलव २ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेको जनाइएको छ ।

त्यसैगरी, व्यावसायिक कृषि परियोजनाको धितोमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने रु. १० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको छ ।

असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले कृषि, ऊर्जा, पर्यटन, घरेलु तथा साना उद्योगलगायतका उत्पादनशील क्षेत्रमा कुल रु. २४० अर्ब ८९ करोड कर्जा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी